दफा १०६
विभागीय सजायको हद
(१) दफा १०५ को उपदफा (१) को खण्ड (क) बमोजिम विभागीय सजायको आदेश दिँदा सोही खण्डको उपखण्ड (१), (२) र (३) बमोजिम रणभूमि सजाय खापिने छैन ।
(२) दफा १०५ को उपदफा (१) को खण्ड (क) को उपखण्ड (१), (२), (३) वा (४) बमोजिमको सजाय मध्ये दुई वा सोभन्दा बढी सजाय दिएको अवस्थामा उपखण्ड (१)
वा (२) बमोजिमको सजाय भुक्तान भएपछि मात्र उपखण्ड (३) वा (४) बमोजिमको सजाय थप हुनेछ ।
(३) दफा १०५ को उपदफा (१) को खण्ड (क) को उपखण्ड (१), (२) वा (३)बमोजिम एक वा एकभन्दा बढी सजायको आदेश दिइएकोमा त्यस्ता सजायको कुल अवधि पंतालीस दिनभन्दा बढी हुनेछैन ।
(४) बिल्लादारभन्दा तल्लो दर्जाको सैनिकलाई दफा १०५ को उपदफा (१) को खण्ड (क) को उपखण्ड (७) बमोजिमको सजाय दिइने छैन ।